चर्चित गायक यम बरालको हिट गीत ‘तिमीलाई सम्झिँदा’माथि फिल्म निर्माण हुने भएको छ । बराल आफैं निर्माताको रुपमा देखिन लागेको यस फिल्म लभस्टोरी कथामा आधारित हुनेछ । ‘बादलुको घुम्टोले’ गीतको नयाँ संस्करण फिल्ममा समावेश गर्ने र त्यसमा गायक बराल आफैं देखिन सक्नेछन् ।फिल्मका लागि कलाकार र निर्देशकको टुंगो लाग्न बाँकी छ । उनले एक सयभन्दा बढी फिल्मका सुपरहिट गीतमा स्वर भरेका छन् । उनको परिचय गायक र निर्माताको रुपमा मात्र सीमित छैन, उनी कलाकार समेत हुन् । उनले ‘मालती’ र ‘गुरु चेला’ गरी दुई फिल्ममा अभिनय गरेका छन् ।