पचास वर्ष पुरानो कथामा आधारित ग्रामीण कथा र पुरानो संस्कृति झल्काउने कथामा बनेको चलचित्र ‘पंचायत’को पहिलो गीत सार्वजनिक भएको छ । चलचित्रका निर्माताका साथै संचारकर्मी रवि अधिकारीको जन्मदिनको अवसर पारेर चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा नारीको वेदनालाई प्रस्तुत गरिएको छ । जसमा चलचित्रकी मुख्य अभिनेत्री निता ढुङगानाको अभिनय रहेको छ ।

 

 ‘छोरीको कर्म’ बोलको गीतमा सरु गौतमको स्वर रहेको छ भने शिवम अधिकारीको शब्द र टंक बुढाथोकीको सङ्गीत रहेको छ । फाल्गुन १७ गते प्रदर्शनको तयारी गरिरहेको चलचित्रमा निताको साथै सरोज खनाल, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।‘पंचायत’लाई शिवम अधिकारीले निर्देशन गरेका हुन । चलचित्रमा निर्देशक स्वयंमको लेखन रहेको छ । गणेश गिरीको प्रस्तुति रहेको चलचित्रको निर्माण सुशान्त श्रेष्ठ र शङ्कर सुवेदीले गरेका हुन् भने सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता हुन्।