गायक समिर आचार्यको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । आचार्यकै शब्द, संगीत तथा एरेञ्जमा ‘गीत’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको हो ।

 

सारंगीमा भने धर्म गन्दर्भले साथ दिएका छन् । गीतको भिडियोमा गायक आचार्य, प्रविण खरेल र प्रियना आचार्यको अभिनय छन् । राजिव समरको कोरियोग्राफी रहेको गीतको भिडियोलाई बुद्ध थापाले छायाङ्कन गरेका हुन् ।भिडीयोको निर्देशन शान थापाले गरेका हुन् । गीतको भिडियो ‘नेपमेलो’युटुव बाट सार्वजनिक गरिएको छ ।