अभिनेत्री पूजा शर्मा र व्यवसायी युद्ध बानियाँको प्रेम सम्बन्ध सबैलाई थाहा भैसक्यो । यि जोडि केही केही समयदेखि गम्भीर प्रेममा छन् ।उनीहरुले खुलेरै सामाजिक सञ्जालमा उनीहरुले प्रेम प्रदर्शन गरिरहेका छन् ।युद्ध संग गम्भीर प्रेममा रहेकी शर्माले युद्द भगवानले आफुलाई दिएको उपहार बताएकी छन् । आइतबार जन्मदिन मनाइरहेका युद्धलाई बर्थडे शुभकामना दिंदै पूजाले प्रेमीलाई भगवानले दिएको उपहार भएको बताएकी छन् । उनी लेख्छिन्, ‘जन्मदिनको शुभकामना । तिमी मेरो सबैभन्दा राम्रो उपहार हौ, जसलाई भगवानले मलाई दिनुभएको छ । म तिमीलाई सधैंभरि माया गर्छु । तिमी मेरो जीवनमा त्यतिबेला आयौ जब म पूरै टुटेको थिएँ । तिमी नै मेरो मुहारको मुस्कान, मेरो आँखामा हाँसो र मेरो जिन्दगीको खुसीको कारण हौ ।’