फिल्म ‘जय हो’ मा अभिनेता अर्पण थापा अनुबन्धित भएका छन्। लिखित रुपमा सम्झौता  गर्दै शोभित बस्नेतले अर्पणलाई फिल्ममा अनुबन्धित गरेका हुन् । टेक पौरखी राईको निर्देशनमा बन्ने फिल्ममा सलोन बस्नेत यस अगाडी नै फाइनल भैसकेका छन्।फिल्ममा राज के अधिकारी र सुरज सरकार निर्माता रहनेछन् ।फिल्ममा सुरेश न्यौपानेको कथा, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत रहनेछ ।