फिल्म ‘तिम्रो मेरो साथ’ सेन्सर पास भएको छ । सोमबार सेन्सर बोर्डले फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको हो । अब जुनसुकै वर्गका दर्शकले पनि सहजै फिल्म हेर्न पाउने छन् । निर्देशक एम के पौडेलको निर्देशन रहेको फिल्म आर्यन फिल्मस तथा बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भएको हो । फिल्ममा पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भुमिकामा छन् । फिल्मको निर्मातामा पासांग लामा र सह-निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन । साथै फिल्ममा कार्यकारी निर्माता सबिर श्रेष्ठको पटकथा र सम्वाद रहेको छ । शिव ढकालको छायांकन रहेको सिनेमामा योगेश काजीको संगीत सुन्न सकिन्छ ।यहि शुक्रबार पौष २९ गतेबाट नेपालभरका फिल्महलमा प्रदर्शन हुने फिल्ममा सन्दिप क्षेत्री, खड्क बहादुर पुन (खबपु), इमिली लामा, सरोज खनाल र बिशेष भूमिकामा ध्रुब दत्तले अभिनय गरेका छन् ।