फिल्म `गुञ्जन’को गीत रिलिज भएको छ ।‘केवल तिम्रै तिर’ बोलको गीत रिलिज गरीएको हो । रवि मल्लको शब्द, कल्याण सिंहको संगीत रहेको गीतमा निशान भट्टराई र श्रेया सोताङको स्वर छ । देबेश राईद्वारा एरेञ्ज गरिएको गीतको भिडियोमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।गीतमा सारा र प्रितमराजको रोमान्टिक मुड देख्न सकिन्छ ।
अष्ट महर्जनको डेब्यु निर्देशनमा बनेको फिल्ममा सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, इभा श्रेष्ठ, रोहण शाहीलगायतको पनि अभिनय छ ।कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायांकन, विपिन मल्लको सम्पादन, करणराज कार्की, कल्याण सिंह र अर्जुन पोखरेलको संगीत फिल्म छ । काठमाडौंमा जीजीए ग्रुप र मोफसलमा एफडी कम्पनीले यो सिनेमा वितरणको जिम्मा लिएका छन् ।माघे संक्रान्तिको अवसर पारेर पुष २९ देखि प्रदर्शनमा आउने सिनेमाले त्रिकोणात्मक प्रेमकथा देखाउछ ।