फिल्म ‘छड्के २’ जापानमा रिलिज हुने भएको छ । मार्च ५ तारिखबाट जापानको राजधानी टोकियोमा रिलिज हुँदैछ । नमस्ते टोक्योले फिल्मको जापान प्रदर्शन अधिकार खरिद गरेको छ ।टोकियोस्थित नाकानो जेरो हलबाट प्रदर्शनको सुस्वात हुने फिल्म हाचिओजि, निगाताकेन, तोचिगीमा लगायतका सिटीमा पनि रिलिज हुने छ । यस्तै, नमस्ते टोक्योमा सञ्चालक सचिन आचार्यकका अनुसार छड्के २ सेन्दाई, चिवा, सिजोउका, नागोया, ओसाका, कोबे, फुकुयमा, फुकुओका, ओकिनावा लगायतका एक दर्जन बढि प्रमुद सहरमा फिल्म रिलिज हुने छ । निगम श्रेष्ठको निर्देशन रहेको फिल्मको शूट अहिले चितवनमा धमाधम भैरहेको छ । अभिनेता अनमोल केसी फिल्ममा मुख्य भुमिकामा रहेका छन् । साथै ,फिल्ममा रोविन तामाङ, कमलमणि नेपालको पनि मुख्य भूमिका छ । फिल्म निर्माणमा काभ्रे फिल्म्स, मेधा डिजिटल र निर्भाना फिल्म स्कूलले सहकार्य गरेका छन् । फिल्मको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ छन् । लक्ष्मण काफ्ले र निर्भाना फिल्म स्कूल कार्यकारी निर्माता रहेको फिल्मको लेखन निर्देशक श्रेष्ठ स्वयंको हो ।