फिल्म ‘भष्मे डन’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । निर्माण टिमले खड्का संग  लिखित सम्झौत गर्दै फिल्मम अनुबन्धित गराएको हो ।निर्देशक दीपेन्द के खनालको निर्देशनमा निर्माण हुने फिल्ममा यस अघी अभिनेता विपिन कार्की फाइनल भैसकेका छ्न् । फिल्ममा स्वस्तिमा बिपिन कार्की अर्थात ‘भष्मे डन’को अपोजिटमा प्रस्तुत हुनेछिन् ।फिल्ममा सौगात मल्ल, रविन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे लगायतको पनि अभिनय रहनेछ । सौगात मल्लसँग लिखित सम्झौता नभए पनि मौखिक सहमति भइसकेको छ । आगामी फागुन १२ गतेदेखि पशुपतिनाथ मन्दिर वरपर फिल्मको छायांकन हुनेछ । ‘पशुपति प्रसाद’पछि दीपेन्द्र र खगेन्द्रले सहकार्य गर्न लागेका हुन् । आगामी दशैं फिल्म रिलिज गर्ने निर्माण टिमको योजना छ ।