फिल्म ‘द अनब्रेकेबल : अगस्त्य’ च्याप्टर वानको अभिनेता सौगात मल्ल फाइनल भएका छन् । निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै सौगात फाइनल भएको जानकारी गराएका हुन् । सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्मलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन् । फिल्म खिच्ने जिम्मेवारी राजेश श्रेष्ठको काँधमा छ । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक चौधरी स्वयंको हो ।५० प्रतिशत नेपालमा र ५० प्रतिशत भारतमा छायांकन हुने फिल्मको आगामी बैशाखबाट छायांकन सुरु गरेर दशैंतिर प्रदर्शन गर्ने निर्माण टिमको योजना छ ।नेपाल र भारतमा छायांकन हुने फिल्मका लागि भने कलाकार फाइनल भैसकेका छैनन् ।