फिल्म ‘सिड्नी’ निर्माण हुने भएको छ । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री रिमा बिस्वकर्मालाई स्क्रिनमा बाध्दै निर्माण टिमले फिल्म घोषणा गरेका हुन् । देव कुमार श्रेष्ठको निर्देशनमा निर्माण हुने फिल्मलाई ओएमजी इन्टरटेन्मेन्ट र आचार्य ब्रदर्सको संयुक्त ब्यानरमा निर्माण गरीन लागेको हो । युगलध्वज कार्कीको लेखन रहेको फिल्मलाई हरि बहादुर घलेले छायांकन गर्नेछन् । फिल्मको प्रोडक्सन डिजाइनरमा शंकर पाण्डे छन् । एक्सन तथा थ्रिलर जनरामा निर्माण हुने फिल्मको अम्बर रसाइली प्रस्तुतकर्ता र निर्मातामा चोला बहादुर आचार्य र भीमराज रसाइली छन् । फिल्मको छायांकन आगामी बैशाखबाट गरिनेछ ।२० प्रतिशत नेपालमा र ८० प्रतिशत सिड्नीमा छायांकन हुने फिल्मको अन्य कलाकार छनोट कार्य जारी छ ।