फिल्म "सरी मम्" टिमले फिल्मको रिलिज मिति नजिकिदै गर्दा विभिन्न अफरहरू सार्वजनिक गरेको छ ।आमा र छोराको प्रेमलाई बोलेको फिल्मसंग सम्वन्धित हुनेगरि टिकटक बनाउँदा दर्शकलाई ५० हजार पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । आमासँगको तश्विर अथवा भिडियो टिकटकमा सेयर गरेर #sorrymom र #nficreation ह्यासट्यागसहित टिकटक बनाउँदा धेरै लाइक पाउनेलाई २५ हजार र क्रियटिभ टिकटकलाई २५ हजार पुरस्कार दिने घोषणा निर्माण टिमले गरेको छ । यो अफर माघ महिनाभरलाई ल्याइएको हो । साथै , बिहिबारबाट प्रदर्शनमा आउने फिल्मको २ टिकट किन्दा दर्शकले एक टिकट सित्तैमा पाउने पनि निर्माण टिमले बताएका छन् ।
विनोद लामाको प्रस्तुतीमा निर्माण भएको फिल्ममा सरोज खनाल, विजय लामा, एलिस राई, विहान श्रेष्ठ, रेजिना मगर, युनिषा बजगाई र प्रविल कटुवाल लगायतको अभिनय रहेको छ । फिल्मको सम्पुर्ण छायांकन बागमती र गण्डकी प्रदेशमा गरिएको छ । एनएफआई क्रियसनको व्यानरमा निर्माण भएको फिल्मलाई नविन बोगटीले निर्देशन गरेका हुन् । माघ ५ गते बाट फिल्म प्रदर्शनमा आउँदै छ ।