गायक तथा संगीतकार टिका बम्जनको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक बम्जनको शब्द तथा संगीतमा तयार भएको ‘फूल बारी’मा बोलको म्युजिक भिडियो यूट्युबमार्फत सार्वजनिक गरिएको हो । द्वन्दकालमा दुबै हात गुमाएका बम्जनले करिव ६०० भन्दा बढी गीतमा संगीत दिइसकेका छन् ।

विसं २०५९ मा द्वन्दकालमा दुबै हात गुमाएपछि मुखकै सहाराले गीत लेखन र संगीत कम्पोज्डलाई अगाडी बढाएका छन् ।उनले भारतीय संस्था ’यूनिक वर्ल्ड रेर्कड, मिराकल वर्ल्ड रेर्कड र एभरेष्ट वर्ल्ड रेर्कड’बाट संगीत क्षेत्रमा तीनओटा विश्व कीर्तिमानसमेत राखिसकेको बताए । सार्वजनिक गीतको भिडियोमा भने चलचित्र ‘२ रुपैयाँ’को आइटम गीत गरेकी सुमी मुक्तान र ‘भिमफेदी गाइज’ समुह फिचरिङ छन् । भिडियोलाई निर्मल लामाले निर्देशन गरेका हुन् ।