‘नेपाली फिल्म फेस्टिभल २०२३’ बेलायतमा हुने तयारीमा रहेको छ । उक्त फेस्टिभलमा सहभागीहुने नेपाली फिल्मको सूचि र उपस्थित हुने कलाकारको नाम सार्वजनिक गरीएको छ ।फेस्टिभल आगामी १८ देखि २५ फेब्रुअरीसम्म चल्नेछ ।८ दिनसम्म चल्ने फेस्टिभलमा ‘जीवन काँडा कि फूल’, ‘प्रकाश’, ‘झिंगेदाउ’, ‘प्रेमगीत ३’ लगायतका फिल्महरु स्क्रिनिङका लागि छनोट भएका छन् ।‘थर्ड आइ’को आयोजनामा हुने लागेको यस् फेस्टिभलमासहभागी हुन नेपालबाट एक दर्जनभन्दा बढी लोकप्रिय कलाकारहरु जानेछन् । जसमा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, नीर शाह, करिश्मा मानन्धर, दिनेश डिसी, सन्तोष सेन, स्वस्तिमा खड्का, आँचल शर्मा, पुष्प खड्का, अनुपविक्रम शाही, रीमा विश्वकर्मा, विल्सन विक्रम राई, यश कुमारलगायत छन् ।