चर्चामा रहेको फिल्म  ‘एक्स नाइन’ बाट अनमोलले हात झिकेका छन्  । केसीले फिल्म नगर्ने निर्णय लिँदै लिइएको पारिश्रमिक पनि फिर्ता गर्ने भएका हुन्  । तोकिएको समयमा फिल्म छायाकंनमा नगएपछि अनमोलले निराश हुँदै फिल्म नगर्ने निर्णयमा पुगेका हुन् ।  फिल्मकालागि अनमोलले एक वर्षको समय सीमा दिँदै कडा मेहनतका साथ बडी समेत बनाएका थिए ।निर्देशक मुकुन्द भट्टले गत पुसबाट छायाकंन गर्ने गरी अनमोल सँगै थुप्रै कलाकारहरूलाई साइन गराएका थिए ।फिल्ममा अभिनेता सौगात मल्ल, पुष्प खड्का, निश्चल बस्नेत, राज कटुवाल लगायतका कलाकारलाई निर्देशकले अनुबन्धित गराए । यसै फिल्ममा मुख्य नायिकाकालागि भनेर मोडल नीति साहलाई समेत साइन गराइएको थियो ।गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको छायाकंन क्यानडा, युरोप र नेपालमा हुने समेत बताइएको थियो।