गायक स्वप्न सुमन अब नायकको रुपमा देखिने भएका छन् । निर्देशक दिनेश राउतको आगामी फिल्ममा उनि अभिनेताको रुपमा आउन लागेका हुन् । दिनेशले अडिसन मार्फत लभस्टोरी जनराको फिल्मका लागि स्वप्नलाई अनुबन्धित गरेका हुन्।विकास सुवेदीको कथा रहने फिल्मको लागी यतिबेला स्वप्न अभिनयको कक्षा पनि लिरहेका छन् । केही बर्ष बाट चर्चामा रहेका स्वप्न ‘युट्युब सेन्सेसन’ को रुपमा उदाएका हुन्।