चर्चित नाटक ‘डिग्री माइला’मा आधारित रहेर फिल्म बन्ने भएको छ । निर्देशक रामबाबु गुरुङले शुक्रबार उक्त फिल्मको औपचारिक घोषणा गर्दै फिल्म निर्माण बारे जानकारी गराएका हुन् । फिल्ममा अभिनेता दयाह्याङ राइ मुख्य भुमिकामा देखिने छ्न् । रामबाबुकै पटकथा लेखन रहेको फिल्मको पहिलो ड्राफ्ट यसअघि नै तयार भइसकेको थियो । यसअघि तीनपटक मञ्चन भइसकेको उक्त नाटकले राम्रो कमाइ गर्दै चर्चा पनि बटुलेको थियो । दर्शकको मागको आधारमा मण्डलाले तीनपटक उक्त नाटकलाई मञ्चन गरेको थियो । नाटकलाई दयाले निर्देशन गरेका थिय । फिल्मको मुख्य भूमिकामा दयाहाङसहित पुष्कर गुरुङ, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ र प्रकाश घिमिरे लगायत हुनेछन् ।बाँसुरी फिल्म्सकै ब्यानरमा बन्ने फिल्मको छायांकन वैशाखदेखि सुरु गर्ने तयारी छ ।