अभिनेता निशान चौहान फिल्म ‘मीरा’मा  अनुबन्धित भएका छन् । लिखित सम्झौता गर्दै निर्माण टिमले चौहानलाई फिल्ममा अनुबन्धित गराएका हुन् । फिल्ममा उनि मुख्य भुमिकामा देखिने छन् । निशानले यसअघि ‘डेसान’ फिल्ममा अभिनय गरेका थिए । उनी ‘म्यानहन्ट नेपाल २०१६’ का मिष्टर पर्सनालिटी र ‘टप मोडल नेपाल २०१८’ का विजेता समेत हुन् । फिल्मलाई अनिता पण्डितले आश्वी फिल्मसको ब्यानरमा निर्माण तथा निर्देशन गर्दैछिन् । यस् अघि उनले सोहि नाममा सिरिज निर्माण तथा निर्देशन गरेकी थिइन् । फेब्रुअरी १५ बाट फिल्म छायांकनमा जाने छ   ।