असोज ११ गते उपत्यकामा प्रदर्शनमा आएको चलचित्र ‘मेरो पैसा खोइ ?’ आज शुक्रवारबाट उपत्यका बाहिरका हलहरुमा प्रदर्शन हुने भएको छ । प्रदर्शन हुन एक साता अगाडीमात्र रिलिज डेट लय गरेको चलचित्र ‘मेरो पैसा खोइ ?’ अर्को चलचित्र ‘छक्का पञ्जा २’ सँगै प्रदर्शनमा आएको थियो । छक्का पञ्जा २ ले हलसम्म दर्शक तानिरहन्दा मेरो पैसा खोईले भने सीमित सो पाएको थियो । रोज राणाको निर्माण तथा निर्देशन रहेको चलचित्रमा सौगात मल्ल, वर्षा राउत, सागर तिवारी, कमलमणी नेपाल, बुद्धि तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रकी निर्मात्री उमा केसी हुन् भने रुपक राना र रुपम राना सह(निर्माताको रूपमा रहेका छन् । काठमाडौँमा अपेक्षाकृत व्यापार गर्ने नसकेको चलचित्रले मेरो पैसा खोईले दर्शकदिर्घाबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ ।