एन प्लस प्रोफेशनल बर्षको उत्कृष्ट सौन्दर्य सामग्रीको रुपमा घोषणा भएको छ ।भारतको प्रख्यात सौन्दर्य सामग्री उत्पादक कम्पनी नन्दनी हर्बल केयरको उत्पादन रहेको सौन्दर्य सामाग्रीलाई चलचित्र विकास बोर्डमा भएको दोस्रो नेपाल ब्युटिशियन एण्ड फेसन अवार्ड २०७९ मा एन प्लस प्रोफेशनललाई यस बर्षकै उत्कृष्ट सौन्दर्य सामग्रीको अवार्ड प्रदान गरिएको हो ।एन प्लस प्रोफेशनलले नेपालमा विगत एक बर्ष देखि आफ्ना उत्पादनहरु बिक्रि वितरण गर्दै आइरहेको छ । यो उत्पादनले छोटो समयमा नै नेपालमा आफ्नो राम्रो बजार जमाएको छ ।कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संस्थालाई अवार्ड तथा प्रमाणपत्र प्रदान गर्नुभएको हो ।