नायिका ऋचा शर्माले अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’मा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् ।अष्ट्रेलियाको सिड्नीमा आयोजना भएको फेस्टिभलमा ऋचाले सर्ट फिल्म ‘ब्लड मनी’बाट अवार्ड हात पारेकी हुन् । फिल्म सिंगापुरको ओल्ड फिल्म कार्निभल, व्हाइट पिलर इन्टरनेशनल फिल्म फेस्टिभल, अथ्विकवारुणी इन्टरनेशनल फिल्म फेस्टिभलमा ‘बेस्ट फिल्म अफ द इयर’को अवार्ड समेत जितेको छ भने विश्वका कयैन् फेस्टिभलमा छनोट भएको छ ।फिल्ममा ऋचाका अलावा मिथिला शर्मा, सौरभ पौडेल, पारस तिमल्सिना, विराज पराजुलीको पनि अभिनय छ । निर्देशक तिमल्सिना स्वयंको पनि फिल्ममा अभिनय छ । आठ महिना अघि यो फिल्म ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक भैसकेको छ ।सनिस श्रेष्ठ र विदेशमा सुवास गिरीको संयुक्तमा छाँयाकन गरीएको फिल्मलाई पारस तिमिल्सिनाले निर्देशन गरेका हुन् भने यस फिल्मका उनि निर्माता पनि हुन् । फिल्ममा ऋचाका अलावा मिथिला शर्मा, सौरभ पौडेल, पारस तिमल्सिना, विराज पराजुलीको पनि अभिनय छ ।