अभिनेता अनमोल केसीले फिल्म "एक्स नाइन" छोडे लागतै निर्माण टिमले अभिनेता प्रदीप खड्कालाई फिल्ममा अफर गरेका छन् । अफर गरेता पनि प्रदीपले सो फिल्ममा खेल्न आफ्ना केहि शर्त राखेका छन् ।स्रोतका अनुसार उनले बलिउड अभिनेता सुनिल सेट्टी पनि फिल्ममा हुनुपर्ने । यदि सुनिल पनि फिल्ममा भए प्रदीपले फिल्म ‘एक्स नाइन’ खेल्ने बताइएको हो । केहि दिन अघी अनमोलले समयमै छाँयाकन नभएको भन्दै फिल्म टिमसङ अलगिएका थिए र लीएको पारिश्रमिक पनि फिर्ता गरेका हुन् ।गोल्डेन हिल्स पिक्चरको ब्यानरमा बन्न लागेको फिल्मलाई मुकुन्द भट्टले निर्देशन गर्ने तयारी छ ।एक्स–नाइनमा यसअघि नै सौगात मल्ल, पुष्प खड्का, राज कटुवाल, नीति शाह लगायत पनि अनुबन्धित भइसकेका थिय ।