नायिकाद्दय रेखा थापा र पूजा शर्मा नयाँ फिल्मको तयारीमा रहेको बुझिएको छ । केही दिन यता सामाजिक संजालमा लेखक शिवम् अधिकारी र वितरक करण श्रेष्ठले रेखा र पूजासँगको तस्विर पोष्ट गरिरहेका छन् । ३ जना नायिका माथि केन्द्रीत रहेर बन्ने फिल्मको कथा लेखन यतिबेला धमाधम चलिरहेको छ । रेखा र पूजा नै लिड भूमिकामा हुनेछन् । एक नायिका भने फाइनल गरिएको छैन ।