फस्टलुक सार्वजनिक गर्दै फिल्म "जारी" को रिलिज मिति तय गरीएको छ । २०८० को नयाँ वर्षको दिन प्रदर्शन पक्का गर्दै निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गरेको हो। पोस्टरमा अभिनेता दयाहाङ र अभिनेत्री मिरुनालाई देखाइएको छ । फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । बाँसुरी फिल्मको व्यानरमा निर्मित फिल्ममा सुरेश लिम्बूको कथा, झुमा लिम्बू र गंगा थापाको संगीत, शैलेन्द्र कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । फिल्ममा दयाहाङ र मिरुनासंगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणि नेपाल, पुस्कर गुरुङलगायतका कलाकारहरुको अभिनय छ