वेब श्रृंखला ‘बिकमिङ’ सार्वजनिक भएको छ । कलाकार लुनिभा तुलाधरको निर्देशन रहेको सिरिज समलिंगी समुदायको युवाको कथामा आधारीत रहेर निर्माण भएको हो l सेभ द चिल्ड्रेनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको श्रृंखलामा निर्देशक तुलाधरसहित अमृत दाहाल, अदिती शेर्पा, निर्भिक भट्टराई, युनिश गुरुङलगायतको अभिनय छ । सिरिजलाई नीलहीरा समाज र सेभ द चिल्ड्रेनले निर्माण गरेको हो l समलिंगी समुदायको युवाको कथामार्फत उनीहरुले पहिचानका लागि गर्ने संघर्ष र सामना गर्नुपरेको कथा सिरिजमा हेर्न सकिन्छ l