ठुला ब्यानरका दुई फिल्म बिच भिडन्त हुने भएको छ l फागुन १९ गते ‘छक्कापञ्जा ४’ र ‘छड्के २’ एकसाथ रिलिज हुनेछन् । अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ र दिपक-दिपाको ‘छक्कापञ्जा ४’ लाई क्यूएफएक्समा एकैदीन रिलिज गर्ने निर्णय भएको हो l केही समय अघी क्यूएफएक्सले एउटै मितिमा दुई ठूला फिल्म रिलिज नगर्ने बताएका थिए । केदार र निर्मल शर्मा कार्यकारी निर्माता रहेको फिल्मलाई हेमराज विसीले निर्देशन गरेका हुन् । फिल्ममा दिपकराजसँगै केदार घिमिरे, वेनिशा हमाल, मलिना जोशी लगायत अन्य कलाकारहरुको अभिनय छ । यसै गरी निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको ‘छड्के २’ मा अनमोलको अलावा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आलेमगरको समेत अभिनय रहेको छ ।