नेपाल प्रस्तोता संघ (प्यान) र गेहेन्द्र धिमाल फाउन्डेसन (जीडिएफ) ले नेपालमा प्रस्तुतकर्ता, कलाकार र रचनात्मकहरूको व्यावसायिक विकासलाई सशक्त, समृद्ध र अभिवृद्धि गर्न साझेदारीमा कार्यक्रमको घोषणा गरेको छ ।केही दिन अघि काठमाण्डौको कार्यालयमा आयोजित एक समझदारी ज्ञापन पत्र (MOU) मा हस्ताक्षर समारोहसँगै साझेदारीको लागि औपचारिक रूपमा सुरुवात गरिएको थियो। संघका कोषाध्यक्ष श्री निर्णय श्रेष्ठ र फाउन्डेसनका सचिव श्री सविन बस्नेतको उपस्थितिमा नेपाल प्रस्तोता संघका अध्यक्ष श्री विवेक  खतिवडा र गेहेन्द्र धिमाल फाउन्डेसनका अध्यक्ष श्री गौतम धिमालले आ-आफ्नो संस्थाको प्रतिनिधिको रूपमा हस्ताक्षर गरेका थिय । नेपालको स्टुडियोमा सो कार्यक्रम यही मिति २८ जनवरीमा सार्वजनिक रुपमा घोषणा गरिने छ ।रोमाञ्चक साझेदारी सुरु गर्न, प्यान र जिडिएफ ले "अल् अबौट बिकमिङ अ प्रेजेन्टर" शीर्षकमा प्यानल छलफल आयोजना गर्नेछ, जसले पेसाको विगत, वर्तमान र भविष्यको अन्वेषण गर्दछ । यस साझेदारीको साथ, यो संस्थाले नेपालका सबै प्रस्तुतकर्ताहरू, कलाकारहरू र रचनात्मकहरूका लागि सकारात्मक र व्यावसायिक कार्य वातावरणको लागि नेतृत्व गर्न प्रतिबद्ध छन्, साथै कला र प्रदर्शन कलाको क्षेत्रमा आफ्नो प्रयासहरू मार्फत अर्थपूर्ण सामाजिक योगदान दिइरहेका छन् । यो साझेदारीले कलाकार र सिर्जनाकर्तालाई मात्र नभई समग्र समाजलाई पनि फाइदा पुर्‍याउनेछ, किनकि यसले देशभरका समुदायहरूलाई उच्च गुणस्तरीय र विविध कलात्मक अनुभवहरूमा पहुँच प्रदान गर्नेछ।