अभिनेता नाजिर हुसेन अभिनित फिल्म "गुलावी" को पोस्टर सार्वजनिक गरीएको छ ।सार्वजनिक पोष्टरमा नाजिरको लुक्स आकर्षक र भिन्न देखिएको छ। फिल्ममा उनि तेश्रोलिङ्गीको भुमिकामा देखिएका छन् । पारालैंगिक कथामा निर्माण भएको फिल्मलाई समुन्द्र भाटले निर्देशन गरेका हुन् । फिल्ममा संचिता लुइँटेल, सुशील श्रेष्ठ, विशाल पहारी, अनुपम श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ।