फिल्म ‘ज्याकी: आइएम ट्वान्टी वान’को औपचारिक घोषणा गरिएको छ ।निर्माण टिमले टाइटल भिडियो सार्वजनिक गर्दै फिल्मको औपचारिक घोषणा गरेका हुन् । भिडियोमा अभिनेता धिरज मगर ज्याकीको भूमिकामा रहेका छ्न् । फिल्ममा धिरजसंगै जसिता गुरुङ र अरुण क्षेत्रीपनि मुख्य भूमिकामा छन् । 

 

निर्माण पक्ष चाँडै नै फस्टलुक सार्वजनिक गर्ने तयारीमा रहेको छ ।प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराले निर्माण गरेको फिल्म बैशाख २१ मा रिलिज हुने सम्भावना छ । फिल्मलाई रेनशाले निर्देशन गर्ने छिन् । प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराले निर्माण गरेको फिल्म बैशाख २१ मा रिलिज हुने सम्भावना छ ।