फिल्म "कामिनो" मा अभिनेता प्रदीप खड्का देखिने भएका छन् । निर्माण पक्षले प्रदीपको नामसहितको थिम पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी गराएको हो । सार्वजनिक पोस्टरमा समुन्द्रमा तैरिरहेको जहाज र त्यसतर्फ प्रस्थान गर्दै गरेको व्यक्ति देखाइएको छ । उत्तर अमेरिकी देश मेक्सिको र दक्षिण अमेरिकी देश ब्राजिलमा खिचिने फिल्मलाई निर्देशक दिपक ओलिले निर्देशन गर्ने छ्न् । महेश दवाडीको लेखन रहने फिल्ममा सुनिल विष्ट गौलीको कार्यकारी निर्माण र एक्सेस नेपाल फिल्मस्को निर्माण रहनेछ ।फिल्ममा सौरभ लामाको छायांकन रहनेछ ।चैत तेस्रो सातादेखि फिल्म छायांकनमा जाने बुझिएको छ ।