बलिउड फिल्म "पठान" रिलिजमा आएको अवसर पारेर नायिका पूजा शर्मा सेलिब्रेसन मनाएकी छिन् । शाहरुखको फ्यान क्लब ‘टीम एसआरके नेपाल’ले काठमाडौँको सिडिसी सिनेमाजमा शो आयोजना गरेको थियो । उक्त अवसरमा पूजासहितका फ्यानले केक काटेर खुसियाली मनाएका थिए । उक्त सेलीब्रेसनको भिडियोमा नायिका शर्माको इन्स्टामा पनि हेर्न सकिन्छ । साथै सो भिडियोमा उनले ‘प्राउड टु बि योर फ्यान’ भन्दै उल्लेख गरेकी छन् ।