रोमान्टिक-कमेडी फिल्म ‘ह्यारी कि प्यारी’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘मीठो मीठो’ बोलको प्रेमयुक्त गीतमा युग भुषालको संगीत, निर्देशक रिजालको शब्द रचना छ भने सौरव दास र देवाञ्जली वी जोशीको स्वर सुन्न सकिन्छ । भिडियोमा फिल्मका कलाकारद्वय साम्राज्ञी राज्यलक्ष्मी शाह र जितु नेपाल फिचरिङ छन् ।

बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्देशक रिजाल प्रस्तुतकर्ता रहेको फिल्मको पोष्ट प्रोडक्सनको सम्पूर्ण काम मुम्बईमा गरिएको हो ।सुदीप बरालको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । विजय बस्यालले पोस्टर डिजाइन गरेको यो फिल्म माघ २० गतेबाट प्रदर्शनमा आउँदै छ ।