फिल्म ‘सती देवी’ मा नायिका मलिका अनुबन्धित भएकी छिन्।  फिल्ममापत्रकार लक्ष्मण सुवेदिकै निर्देशन , कथा ,पटकथा तथा संवाद छ भने गीतकार पनि उनी नै हुन् । फागुन तेस्रो साताबाट छायांकन सुरु हुन लागेको फिल्ममा भोला सापकोटा, कुलदीप अधिकारी, मनिषा सापकोटाको पनि अभिनय रहनेछ । बाँकी कलाकार चाँडै छनोट गरिने निर्देशक सुवेदीले जानकारी दिए । दिलासा क्रियशन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा फिल्म बन्न लागेको हो ।