अभिनेता अनमोल केसी अभिनित फिल्म "छड्के २" को टिजर सार्वजनिक गरीएको छ । युट्युब च्यानल बुढा सुव्बा डिजिटलबाट फिल्मको टिजर सार्वजनिक गरीएको हो । टिजरमा अभिनेता अनमोल केसीलाई प्रस्तुत गरीएको छ । 

 

 

निगम श्रेष्ठको निर्देशन रहेको फिल्ममा अनमोलको अलावा रोविन तामाङ, कमलमणि नेपालको पनि मुख्य भूमिका छ । फिल्म निर्माणमा काभ्रे फिल्म्स, मेधा डिजिटल र निर्भाना फिल्म स्कूलले सहकार्य गरेका छन् । फिल्मको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ छन् । लक्ष्मण काफ्ले र निर्भाना फिल्म स्कूल कार्यकारी निर्माता रहेको फिल्मको लेखन निर्देशक श्रेष्ठ स्वयंको हो । फिल्म फागुन १९ बाट प्रदर्शनमा आउने छ ।