माेडल एलिजा गौतम नागरिक पार्टीमा प्रवेश गरेकी छन् । नागरिक उन्मुक्ति पार्टी उनले रोजेकी हुन् । देशका पुराना दलबाट पनि पार्टी प्रवेशका लागि प्रस्ताव आएपनि उन्मुक्तिको उद्देश्यबाट प्रभावित भएकाले उक्त दल रोजेको उनको भनाइ छ । पार्टी प्रवेशपछि गौतमलाई उपाध्यक्ष बनाउने नागरिक उन्मुक्तिको योजना रहेको चर्चा छ। साथै उक्त कार्यक्रममा अन्य व्यक्तिहरुलाई पनि पार्टी प्रवेश गराइएको थियो ।