फिल्म ‘शुभ विवाह’ निर्माण हुने भएको छ । निर्देशक असिफ शाहले फिल निर्माण गर्न लागेका हुन् । कमेडी जनरामा निर्माण हुने फिल्ममा स्वस्तिमा खड्का र निश्चल बस्नेतले अभिनय गर्ने बताइएको छ। साथै असिफ पनि फिल्ममा देखिने छन् । यो टिमले यसअघि असिफकै प्रोडक्सन कम्पनी जी-ट्वान्टीवनले बनाएको ‘२ रुपैयाँ’ फिल्ममा काम गरेको थियो। साथै, यस प्रोडक्सनले पछिल्लो समय नेपाली फिल्महरुको डिजिटल अधिकारमा समेत लगानी गरिरहेको छ।