फिल्म ‘ह्यारी कि प्यारी’को नयाँ गीत सार्वजनिक भएको छ ।गीतमा युग भुषालको शब्द तथा संगीत र थोम्स एन्ड्रियूजको स्वर गीतमा समावेश छ । ‘दम दम’ बोलको क्लब गीतमा अभिनेत्री साम्राज्ञी आरएल शाह बोल्ड अवतारमा प्रस्तुत छिन् । उनलाई नृत्यमा आरए सुरज पौडेलले साथ दिएका छन् । डा. कपिल रिजालद्वारा निर्देशित फिल्म बिआर प्रोडक्सनकको प्रस्तुतिमा निर्माण भएको हो । फिल्ममा साम्राज्ञीसँगै जितु नेपाल, विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय छ ।
फिल्ममा रिजाल स्वयंमको कथा तथा निर्देशन, सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल, अभिमन्यू निरवीको पटकथा र संवाद लेखन रहेको छ ।यही माघ २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा सुदीप बरालको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । फिल्मको पोष्ट प्रोडक्सनको सम्पूर्ण काम मुम्बईमा गरिएको हो ।