विवादित कम्पनि सूर्य कर्पोरेसनलाई दुवइमा हुन लागेको नेपाली सिनेमा फेस्टको जिम्मा विकास बोर्डले दिएको छ । ‘नेपाल्स सिनेमा फेष्ट २०२३’ नाम दिइएको फेस्टिभल बोर्ड र सूर्य कर्पोरेसनबीचको सहकार्यमा हुन लागेको हो । २०२३, फेब्रअरी १२ देखि १५ तारिख (माघ २९ देखि फागुन ३ गते)सम्म दुबईको स्टार फिल्म (अल घुरैर सेन्टर)मा हुने फिल्म फेस्टिभलमा नेपाली फिल्महरु ‘कबड्डी ४’, ‘ऐना झ्यालको पुतली’, ‘महापुरुष’ प्रदर्शन गरिनेछ भने सूर्य कर्पोरेसनले एक अवार्डको समेत घोषणा गर्दैछ । साथै ,फेस्टिभलमा सहभागी हुने कलाकारको तस्बिर सार्वजनिक गर्दै भुवन केसी, नीर शाह, शिव श्रेष्ठ, विजय लामा, ऋचा शर्मा, प्रशान्त ताम्राकार, अनमोल केसी, उपासना सिंह ठकुरी, सन्दीप क्षेत्री, बोर्डका सदस्य तथा अभिनेता राज कटुवाल, रवि ओड, उद्घोषक नरेश भट्टराईलगायत छन् ।सरकारले दुईवटा कार्यक्रम गर्नलाई ५० लाख दिएको र त्यो धेरै सानो रकम भएकाले दुबईमा कार्यक्रम गर्न नीजि कम्पनीसँग सहकार्य गरिएको उनले बताएका छन् । सूर्य कर्पोरेसन त्यही हो, जहाँ वैदेशिक रोजगार विभागले छापा मार्दा ८० भन्दा बढी राहदानी फेला पारेको थियो भने विदेशमा कामदारको रूपमा पठाउने भन्दै रकम लिएको कागजपत्र समेत फेला पारेको थियो ।