पछिल्लो केही समय नेपाली चलचित्रले विदेशी चलचित्रलाई विस्तापित गर्दै आइरहेको छ । विदेशी चलचित्रको दबदबा रहेको अवस्थामा नेपाली चलचित्र चल्नु र लगानी उठाउनु नै ठुलो कुरा मानिन्छ । तर बर्षयता नेपाली चलचित्र हेर्ने हल–हलमा दर्शकको भिड बढ्दो छ । दर्शकसँगै नेपाली चलचित्रको व्यापार लोभलाग्दो हुदैँ गइरहेको बेला यो वर्ष मात्र लगभग आधा दर्जन चलचित्रले करिब ५ करोड बढीको कमाई गरिसकेको छ । त्यस्तै गत वर्षको सुपरहिट चलचित्र ‘छक्का पञ्जा’को सिक्वेल ‘छक्का पञ्जा २’ले छोटो समयमा धेरै व्यापार गरेर नयाँ रेर्कड बनाएको छ । असोज ११ गते फूलपातीको दिन देखि रिलिज भएको चलचित्र ‘छक्का पञ्जा २’ले १० दिनमा १० करोड ग्रस कलेक्शन गरेको छ । छोटो समयमा नै धेरै कमाई गर्ने पहिलो चलचित्र बनेर नयाँ रेकर्ड राखेको हो भने यो चलचित्र अहिले सम्मको सबै भन्दा धेरै कमाई गर्ने चलचित्रमा दोस्रो स्थानमा छ ।
३ वर्ष अगाडि चलचित्र ‘कोहिनुर’ले १० करोड ग्रस कलेक्शन गरेको थियो । उक्त समय कोहिनुर पहिलो सवार्धिक कमाउने चलचित्रमा दर्ता भयाे । लगतै गत वर्ष कोहिनुरको रेर्कड ब्रेक गर्दै ‘छक्का पन्जा’ल १६ करोडको व्यापार गरेको थियो । दिपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा २’ चलचित्र ‘छक्का पञ्जा’ले बनाएको रेकर्ड तोड्ने दाउमा छ । चलचित्रले रेकर्ड तोड्न ६ करोडको व्यापार गर्नुपर्ने हुन्छ । दिपकराज गिरीको निर्माण रहेको चलचित्रमा दीपकको साथै गिरी, प्रियंका कार्की, जितु नेपाल, वर्षा राउत, केदार घिमिरे, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल लगायतका कलाकारको अभिनय रहेको छ ।