रिलिज मिति नजिकिए  संगै  यति बेला फिल्म ‘फूलबारी’ टिम जम्बो टोलि सहित प्रोमोसनमा निक्लिएको छ । शुक्रबार बुटवलबाट सुरु भएको कार्यक्रम देशका विभिन्न स्थानमा गरीदै छ । फिल्मले कलेज क्याम्पियन, पब्लिक इभेन्ट र मिट एण्ड ग्रिट जस्ता प्रमोसन कार्यक्रम सुरु गरेको हो ।पोखरा, भरतपुर, इटहरी हुँदै बिर्तामोडमा पुगेर कार्यक्रम टुङगिने छ । फिल्मका कलाकार र गायक विपिन कार्की, प्रियंका कार्की, शिल्पा मास्के  ,कालीप्रसाद बाँस्कोटा लगायतले देशका पाँच सहरमा यति बेला प्रचारप्रसार गर्दै छन् । बुटवलको मणिमुकुन्द, सिद्धार्थ गौतम, न्यु होराइजन र कुँवरवर्ती कलेज तथा स्कुलमा प्रवद्र्धन कार्यक्रम भए । स्थानीय गोलपार्कमा फिल्मकै थिममा आधारित रहेर तयार पारिएको स्टेजबाट कलाकारले दर्शकसँग अन्तरक्रिया गरे ।फिल्मका निर्माता मनिष ढकालका अनुसार सहरको जनसंख्याका आधारमा प्रचारका लागि कलेज चयन हुनेछन् । ‘नेपाली फिल्मको इतिहासमा पहिलोपटक ठूलो संख्यामा कलाकारलाई प्रचारप्रसार अभियानमा सहभागी गराउँदै प्रमोसनलाई सामाजिक सञ्जालबाट सार्वजनिक गर्नेछौं,’ निर्माण टिमको भनाइ छ । यसमा कलाकारले दर्शकसँग प्रत्यक्ष अन्तरक्रिया गर्नेछन् ।रामबाबु गुरुङ्गको निर्देशन र यशोधा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई  फागुन ५ मा रिलिज गर्ने छन् नेपाल सहित अन्य केहि देशमा एकै दिन रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ।  फिल्ममा अन्य कलाकार अरुणा कार्की, प्रियंका कार्की, शिल्पा मास्के र गौमाया गुरुङ फिल्ममा मुख्य भूमिका पनि रहेको छ ।