फिल्म ‘मनसँग मन’को ट्रेलर सार्वजनिक भएको छ ।  ट्रेलरम अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीको प्रेमलाई देखाइएको छ ।फिल्मलाई कैलाश राईले निर्देशन गरेका हुन् ।सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्मको निर्माता अरुण तामाङ हुन् । 

 

 

अर्जुन पोखरेल, अगोम गुरुङ र दीपक शर्माको संगीत रहेको फिल्मको छायांकन दार्जिलिङ क्षेत्रमा भएको हो । फिल्ममा वुद्दि तामाङ, रविन्द्र झा, महेन्द्र बगदास, चाँदनी प्रधान, शान्ति दाको पनि अभिनय रहेको छ । फिल्ममा सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी, कैलाश राइको कथा तथा पटकथा छ ।आगामी माघ २७ गतेबाट प्रदर्शनमा आउने लभस्टोरी कथामा आधारित छ  ।