टिकटकमा हिट गीत सरर मोटर गाडिको अफिसियल म्युजिक भिडियो सार्वजनिक गरीएको छ । केही महिना अघी गायक सुशान्त घिमिरेले गीतको सानो टुक्का सार्वजनिक गरेका थिय । उक्त गीतको टुक्कालाई दर्शकले अत्याधिक रुचाएका थिय । सुशान्तकै आवाज, कम्पोज र शब्द रहेको गीतलाई सुशान्तकै आधिकारीक युट्युब च्यानलबाट रिलिज गरीएको छ । गीतको एरेन्ज पनि सुशान्तकै रहेको छ भने एरेन्जमा उनलाई बिशाल दराइ , सास्वत श्रेष्ठ र किरण महर्जनले साथ दिएका छन्।
आरओबिको निर्देशन रहेको भिडियोमा रंगकर्मी नविन चन्द्र अर्याल फिचर्ड छन् । साथै नविनलाई अभिनयमा सन्ध्या नेपाल ,अरुण शर्मा र मुविन केसिले साथ दिएका छन् । भिडियोलाई सोनिम श्रेष्ठ र आरोबिले संयुक्तमा खिचेका हुन् । भिडियोको सम्पादन अन्मोल राना मगरको रहेको छ भने रङ्ग संयोजन अन्जन लिम्बुको रहेको छ