फिल्म "कामिनो" मा नायिका बर्षा शिवाकोटिलाई अफर गरीएको बुझिएको छ । नायिका शिवाकोटीले फेसबुकमा निर्देशक वली, कार्यकारी निर्माता सुनिल विष्ट गौली र सञ्चार संयोजक लक्ष्मण सुवेदीसँगको एक तस्बिर साझेदार गर्दै ‘भेटघाट’ भनेर क्याप्सन लेखेकी छन् । उनको उक्त पोस्ट देख्दा उनि फिल्ममा रहने बुझिएको हो । दिपक ओलिको निर्देशन रहने फिल्ममा अभिनेता प्रदिप खड्का फाइनल भैसकेका छन् ।