फिल्म "ह्यारीकि प्यारी" लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया मिलेको छ । गत बुधबार बिग मुभिज हलमा आयोजना गरीएको प्रिमियरमा सिनेकर्मी, पत्रकारको उपस्थित थियो । कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठ ,सन्तोष पन्त , निर्देशक आकाश अधिकारी ,शिवहरी पौड्याल , संचारकर्मी प्रकाश सुवेदी ,हिमेश पन्त लगायतको बाक्लो उपस्थित रहेको थियो । फिल्म हेरे पस्चात कलाकार, निर्देशकहरुले आफ्नो आफ्नो प्रतिक्रिया दिएका थिय । कलाकार मदनकृष्ण श्रेष्ठले आफुले कल्पनै नगरेको कथा पाएँ । कथा सरसर्ती अगाडी बढेको छ । एकछिनपनि आँखा झिमिक्क हुन दिंदैन । जितुलाई हिरोमा सुहाएको छ । निर्देशक रिजालको काम उत्कृष्ट रहेको बताए । यसै गरी संचारकर्मी प्रकाश सुवेदीले पहिलो पटक एउटा सरसर्ती बगेको कथानक फिल्म हेर्न पाइयो । जितु नेपाललाई हेरिरहँदा संजीव कुमारको याद आयो । साम्राज्ञीको भूमिका सुहाउने लाग्यो । कपिल रिजाल एउटा राम्रो निर्देशक र निर्माताको रुपमा देखा पर्नु भएको छ । आशा गरौँ फिल्मलाई दर्शकको साथ मिल्नेछ । त्यस्तै कलाकार शिवहरी पौडेलले सिनेमा क्षेत्रले खास जोडी भेट्टाए जस्तो लाग्यो । साम्राज्ञी र जितुको जोडी एकदमै सुहाएको छ । विषयबस्तुपनि फरक रहेछ । निर्देशक काम डेब्यु जस्तो लागेन । परिपक्कता पाएँ । जितुको भावुक अभिनय मज्जाको छ । साम्राज्ञीलाई फरक अभिनयमा पाएँ । सबैले हेरिदिनुस ‘ह्यारीकी प्यारी’ । भनेका थिय । डा. कपिल रिजालको डेब्यु निर्देशनमा बनेको फिल्ममा साम्राज्ञीसंगै जितु नेपाल, विजय बराल, लक्ष्मी गिरी, सुवाष गजुरेल, रन्जना भट्टराई, सरला रिजाल लगायतका कलाकारहरुको अभिनय छ । फिल्म भोलिबाट प्रदर्शनमा आउँदै छ ।