फिल्म ‘ह्रस्वदीर्घ’ बाट अभिनेता सलोन बस्नेत बाहिरीएका छन् । होम प्रोडक्सनको ‘जय हो’ संग सेड्युल जुध्ने भएपछि सलोन फिल्मबाट बाहिरिएका हुन्। उनि बाहिरीपछि निर्माण टिमले कमेडियन आदर्श मिश्रालाई फिल्ममा अनुबन्धित गराएको छ । निता ढुंगाना फिल्म्सको व्यानरमा बन्ने फिल्ममा निता र हरिहर मुख्य भूमिकामा रहनेछन्। चन्द्र पन्तले निर्देशन गर्ने फिल्ममा भारतीय कलाकार ब्रम्हानन्द, सुनिल बर्मा लगायत जोडिएका छन्।भारतको हैदराबादस्थित रामोजी स्टुडियोबाट फेब्रुअरी ६ देखि फिल्मको सुटिङ्ग सुरुवात हुदैछ। फिल्मको टिम यतिबेला भारतमा नै रहेको छ।