विदेशी रियालिटी शोहरुमा सहभागी हुने नेपालीहरूको नाम धेरै छ । कति त विजेता समेत छन् भने कतिले नाम कमाएका छन् । अझ बढी भारतीय रियालीटी शोहरुमा नेपालीले जितेको रेकर्ड धेरै छ । तर यति बेला चाइनिज भाषामा गीत गाएर सन्देश सिंह देउजा चर्चामा छन् । विगत केही समय देखि उनको एक भिडियो समाजिक सञ्जालमा भाइरल बनिरहेको छ । उत्त भिडियोमा सन्देश दौरा सुरुवालको साथमा एक रियालिटी मञ्चमा पुगेका छन् । मञ्चमा उनले स्पष्ट रूपमा चाइनिज भाषा बोलेका छन् भने गीत पनि गाएका छन् ।

 

बुझिए अनुसार उक्त रियालिटि सो गायनमा आधारित हो । जुन चाइनाको चर्चित टिभी च्यानलमा आउने गर्दछ । नेपाली दौरा सुरुवाल ढाका टोपीमा सजेर चाइनिज कार्यक्रममा चाइनिज भाषामा गीत गाएका सन्देशले सबै बाट वाहवाही पाएका छन् । सम्भवत कुनै नेपालीले चाइनिज भाषाको गीतमा गाएको र रियालिटीमा सामेल भएको यो पहिलो हो ।