फिल्म ‘प्रेमा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।आगामी चैत १७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको फर्स्टलुक पोस्टरमा अभिनेत्रीद्वय शुभेक्क्षा खड्का र सृष्टि श्रेष्ठलाई देखाइएको छ ।गोविन्द सिंह भण्डारी निर्देशित फिल्ममा सामर्थ विक्रम थापाको कार्यकारी निर्माता रहेका छन् । उपत्यकामा जीजीए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्ने ‘प्रेमा’ काठमाडौं, धनगढी र कर्णालीमा खिचिएको हो ।फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टिसँगै विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु) को पनि अभिनय छ । विवेक घिमिरेसँग मिलेर निर्देशक भण्डारीले फिल्मको निर्माण गरेका हुन् । गोविन्दले यसअघि एक्सन प्रधान फिल्म ‘रणवीर’को निर्देशन गरेका थिए ।