साम्राज्ञी शाह अभिनित फिल्म ‘ह्यारीकी प्यारी’ हेर्न बिकास बोर्ड अध्यक्ष साथै कलाकार तथा निर्माता भुवन केसिले  अस्वीकार गरेका छन् । उक्त कुराको जानकारी फिल्म निर्देशक डा। कपिल रिजालले बताएका हुन् । मिडियासामु बोल्दै रिजालले भनेका छन् । ‘म गएर उहाँलाई आउनुस् भनेको थिएँ । अनि उहाँले म आउँदिन भन्नुभयो । अनि त्यसैले मैले निम्तो पनि दिइनँ,’ रिजालले भने । केही बर्ष अघी भुवन र साम्राज्ञी बिच फिल्म ड्रीम्सको को कारण यि दुई बिच पानी बाराबर भएको थियो । कपिल रिजाल निर्देशित यो सोसल र रोमान्टिक ड्रामा फिल्म अहिले हलमा चलिरहेको छ ।