फिल्म ‘बुलाकी’ को रिलिज मिती तय गरीएको छ l निर्माण टिमले फिल्मलाई नयाँ बर्षको १ गते रिलिज गर्ने जानकारी गराएका हुन् l सोहि मितिमा अनय ब्यानरका फिल्महरु पनि प्रदर्शनमा आउँदै छन् । भगवत् गीता’, ‘नाईं नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ गरी पाँच फिल्म त्यही मितिलाई कुरेर बसेका छन् । यसअघि यो फिल्म कात्तिक १८ गतेबाट फागुन १९ मा सरेको थियो । तर, यो मितिमा दुई ठूला फिल्म ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ आउने भएपछि ‘बुलाकी’ डेढ महिना पछाडि सर्दै बैशाख १ मा आउन लागेको हो । यही माघ २७ गते शुक्रबार टिजर रिलिज गर्ने तयारीमा निर्माण टिम छ।जारी प्रथा माथि बनेको फिल्मलाई लक्ष्मण सुनार निर्देशन गरेका हुन् l मोती विष्टको प्रस्तुति र गोपाल विष्ट निर्माता रहेको फिल्मको कथा निर्देशक सुनार स्वयंले लेखेका हुन् । सौगात कँडेल सह-निर्माता फिल्मलाई शिव ढकालले खिचेका हुन् l फिल्ममा नायिका सुरक्षा पन्त रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुल दीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, कमल गाउँलेको पनि अभिनय रहेको छ । फिल्मको सम्पूर्ण दृश्य डोल्पामै खिचिएको हो ।