फिल्म ‘ह्रस्व दीर्घ’को छायांकन सुरु भएको छ । भारतको हैदराबादमा अवस्थित स्टूडियो मानिने रामोजी फिल्म सिटीबाट फिल्मको छायांकन थालिएको हो । क्यामेरा र स्क्रिप्ट पूजाआजा गरेपछि नेपाली कलाकार र साउथ फिल्मका कलाकार अलीको दृश्य खिच्दै छायांकन सुरु गरिएको छ । उक्त छाँयाकन सेटको तस्विर पनि सार्वजनिक भएको छ । जसमा निता र निर्माण टिम देखिएका छन् । नीता फिल्मस्को ब्यानरमा बन्ने फिल्मको लागत चार करोड बढी अनुमान गरिएको छ ।चन्द्र पन्त निर्देशक रहेको फिल्ममा नीतासँगै हरिहर अधिकारी, विपना थापा, सरोज खनाल, नरेन खड्का, आदर्श मिश्रा, गरिमा शर्मा, लक्ष्मी पौडेल, वसिम राजा, साउथ फिल्मका कलाकारहरु ब्रह्मानन्दम, अली, ‘पुष्पा’का भिलेन सुनिल वर्मा, ‘गजनी’का भिलेन प्रदीपराज रावतको पनि अभिनय रहनेछ ।